
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ ।
देशाई एक साताअघि नै नेपाल आउनुभएको थियो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि मात्र आज देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ । यसअघि देशाईले सन् २०१७ मा नेपाली यु–१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट समाल्नुभएको थियो । त्यसअघि उहाँले सन् २०१४ को आइसिसी टि ट्वान्टी विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गर्नुभएको थियो ।
त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गर्नुभएको थियो । उहाँले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गर्नुभएको हो । यसअघि क्यानले मुख्य प्रशिक्षको लागि खुला आवेदन गरेको थियो । जसमा २४ जनाले प्रशिक्षक सहभागी हुनुहुन्थ्यो । त्यसमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो ।
यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो । घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ । जसमा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिनुहुनेछ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि सुरु हुनेछ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा