नयाँ दिल्ली । एयर इन्डियाको विमानमा सहयात्री महिलामाथि पिसाब फेरेको आरोपमा लागेका एक व्यक्तिलाई पक्राउ गरिएको छ
अमेरिकी बैंक वेल्स फार्गोका शंकर मिश्रमाथि नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबी ७२ वर्षीया महिला यात्रुमाथि पिसाब गरेको आरोप लागेको थियो ।
गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्व उपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार रहेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्विच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए । उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
वेल्स फार्गोले मिश्रलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ ।
एयरलाइन्सले सो घटनालाई उचित तरिकाले सम्बोधन गर्न नसकेको आरोप लाग्दै आएको छ । दशकौंसम्म राज्यको नियन्त्रणमा रहेको टाटा समूहले हालै किनेको यो एयरलाइन्सले ती महिलाको उजुरीलाई सम्बोधन गरेको भन्दै चर्को आलोचना खेप्नुपरेको छ ।
भारतको उड्डयन नियामक निकायले यसै साता आफ्नो व्यवस्थापनलाई उक्त घटनाको रिपोर्टिङ नगरेको भन्दै चेतावनी दिएको थियो ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा