नयाँ दिल्ली । एयर इन्डियाको विमानमा सहयात्री महिलामाथि पिसाब फेरेको आरोपमा लागेका एक व्यक्तिलाई पक्राउ गरिएको छ
अमेरिकी बैंक वेल्स फार्गोका शंकर मिश्रमाथि नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबी ७२ वर्षीया महिला यात्रुमाथि पिसाब गरेको आरोप लागेको थियो ।
गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्व उपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार रहेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्विच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए । उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
वेल्स फार्गोले मिश्रलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ ।
एयरलाइन्सले सो घटनालाई उचित तरिकाले सम्बोधन गर्न नसकेको आरोप लाग्दै आएको छ । दशकौंसम्म राज्यको नियन्त्रणमा रहेको टाटा समूहले हालै किनेको यो एयरलाइन्सले ती महिलाको उजुरीलाई सम्बोधन गरेको भन्दै चर्को आलोचना खेप्नुपरेको छ ।
भारतको उड्डयन नियामक निकायले यसै साता आफ्नो व्यवस्थापनलाई उक्त घटनाको रिपोर्टिङ नगरेको भन्दै चेतावनी दिएको थियो ।
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण