
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ ।
महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशङ्करले अनावरण गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताउनुभएको छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच नयाँ सदस्यसहित परिषद्का अन्य सदस्यहरूको उपस्थितिमा प्रतिमा अनावरणको कार्यक्रम हुने उहाँले बताउनुभएको छ । राष्ट्रसङ्घको मुख्यालयमा राखिने गान्धीको प्रतिमा पहिलो हुनेछ । भारतले विश्वसंस्थालाई प्रदान गरेको यो प्रतिमा पनि पहिलो हो ।
भारतका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणको सिलसिलामा हाल अमेरिकामा हुनुहुन्छ । मङ्गबार उहाँले महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँसँग बहुपक्षीयताको महत्वबारे छलफल भएको विदेशमन्त्रीले बताउनुभएको छ । साथै उहाँले जापानका विदेश राज्यमन्त्री यामादा केन्जीसँग पनि भेटवार्ता गर्नुभएको थियो । भारत र जापानले सुधारिएको बहुपक्षीयतालाई अगाडि बढाउन मिलेर काम गर्नेबारेमा उहाँहरूले विचार आदानप्रदान गर्नुभएको थियो ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक