
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइतेहरुमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताउनुभयो । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको न्यौपानेले बताउनुभयो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन