
लन्डन । एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह अंकित ब्याज लगाएर प्रतिष्पर्धामा भिडेका विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले प्रतियोगिता जितेका छन् ।
हिजो २६ नोभेम्बर शनिबार लन्डन ओटु एरिनामा सम्पन्न डब्ल्यूबीओ इन्टेरिम सुपर मिडलवेट टाइटिलका लागि आयोजित प्रतिष्पर्धामा पूर्व डब्ल्यू। बी। सी। सुपर मिडलवेट च्याम्पियन जोन राइडरले ज्याक पार्करलाई पराजित गरेका हुन् ।
चार राउण्डको घमासान मुक्केवाजीपछि पार्करले हातमा चोटका कारण प्रतियोगिता छाडेका थिए ।
राइडरले अब आउंदो मेमा डब्लुबीसी, डब्लुबीए, डब्लुबीओ, आइबीएफ टाइटिलका लागि म्याक्सिकन सुपरस्टार क्यानेलो अल्भारेजसंग भिड्नेछन् । क्यानेलोसंग भिड्ने आफ्नो सपना र यो करिअरका लागि पनि कोशेढुंगा हुने राइडरले बताए ।
जोन राइडरले ३७ आफ्ना व्यवसायिक फाइटमध्ये ३२ वटा जितेका छन् ।
हजारौं दर्शकले प्रत्यक्ष र लाखौंले टिभी च्यानलबाट हेरेको उक्त रोमाञ्चक प्रतिष्पर्धामा जोनले खेल अवधिभर एनआरएनए यूके र गोर्खाको चिन्ह अंकित ब्याज लगाएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।
अध्यक्ष गाहामगरको अनुरोध तथा संयोजनमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिडेका हुन् ।
राइडरका पूर्व प्रशिक्षक तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राइडरलाई बधाइ दिंदै अहिलेसम्म ५ वटा फाइटमा एनआरएनए यूकेलाई निशुल्क प्रायोजन गरिदिएको भन्दै विशेष आभार पनि व्यक्त गरेका छन् ।
यस्तो प्रतियोगितामा प्रायोजन गर्न लाखौं पाउण्ड तिर्नुपर्ने भएपनि जोनले नेपालीलाई निशुल्क स्पोन्सर गरिदिएका गाहामगरले बताए ।
जोनले गत फेब्रुअरी १२ मा भएको प्रतिष्पर्धामा पनि एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गरेका थिए ।
बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यू बी सी च्याम्पिनयनसीप २०१९ का विजेता हुन् ।
जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् । उनले अमेरिकाको लसभेगस देखि ओटु एरिना, लन्डनका कयौं बक्सिङ खेलमा प्रतिष्पर्धा गरिसकेका छन् ।

श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान