
लन्डन । बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पु¥याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ । बिहीबार गरिएको उक्त प्रतिबद्धताले युद्धग्रस्त युक्रेनको नागरिक पूर्वाधार जोगाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बेलायती रक्षा मन्त्रालयका अनुसार करिब २० करोड डलर अमेरिकी हतियार खरिदका लागि खर्च गरिनेछ । यो व्यवस्था अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित नाटो योजनाअन्तर्गत हुनेछ । यससँगै लन्डनले ५० करोड डलरभन्दा बढी मूल्यका एक हजार ब्रिटिस निर्मित हल्का मिसाइलहरू किएभ पठाउने निर्णय गरेको जनाएको छ ।
बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका सहयोगी राष्ट्रहरू ‘पहिलेभन्दा बढी प्रतिबद्ध’ रहेको बताउनुभएको छ । उहाँले रुसद्वारा सुरु गरिएको युद्ध पाँचौँ वर्षतर्फ अग्रसर भइरहेका बेला समर्थन झनै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
यो घोषणा नाटोका रक्षामन्त्रीहरूको ब्रसेल्स बैठकपछि आएको हो, जहाँ युक्रेनलाई कसरी थप सैन्य सहयोग गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको थियो ।
रुसले युक्रेनको ऊर्जा संरचनामाथि तीव्र बमबारी गर्दै आएपछि चिसो जाडोका बीच विभिन्न क्षेत्रमा ताप र बिजुली आपूर्ति अवरुद्ध भएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले यस अवस्थालाई ‘युक्रेनको नागरिक जनसङ्ख्यामाथिको आतङ्क’ का रूपमा चित्रण गर्नुभएको छ । उहाँले आत्मरक्षाका लागि युक्रेनलाई थप समर्थन अनिवार्य भएको जोड दिनुभएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत