
क्वालालम्पुर । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त हुनु भएको छ । अनिर्णित चुनावपछिको राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उहाँको नाम अनुमोदन भएको थियो। ।
दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ “मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी अनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ।”
भरखरै सम्पन्न निर्वाचनमा अन्वरको पाकतन हारापान (आशाको गठबन्धन) गठबन्धनले भ्रष्टाचार विरोधीका रूपमा प्रस्तु हुँदै ८२ सिट जितेको थियो तर आवश्यक ११२ सिट बहुमत भने पुगेको थिएन ।
त्यस्तै, पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनको पेरिकाटन नेशनल (राष्ट्रिय गठबन्धन) ब्लकले ७३ मत प्राप्त गरेको छ ।
इस्लामवादी पार्टीले समर्थन गरेका मुहिद्दीनले पत्रकार सम्मेलनमा कुनै पनि समूहसँग पर्याप्त सीट सङ्ख्या नभएकोले राजाले सुरुमा आफू र अनवरलाई ” संयुक्त सरकार” बनाउन आग्रह गरेको बताएका थिए ।
मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले जारी राजनीतिक गतिरोध तोड्नका लागि दुई प्रतिद्वन्द्वीलाई बोलाएका थिए ।
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ