
वाशिङ्गटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।
इलोन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। “मानिसहरूले बोलेका छन्। ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई,” मस्कले ट्वीट गरेका छन् ।
भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ “जनताको आवाज ईश्वरको आवाज हो।” भन्ने हुन्छ।
यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुनः देखा परेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्विटर खाता शनिबार प्लेटफर्ममा पुन: देखा परेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन् । हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन गरिएको थियो ।
ट्विटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका थिए ।
सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका थिए ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान