
क्यानबेरा । अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ ।
अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् ।
मन्त्री गिल्सका अनुसार सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अष्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका निम्ति अनुमति दिइनेछ । आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने छ ।
सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुरुप सन् २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेशाज्ञा र सुरक्षित उद्यम प्रवेशाज्ञामा देशमा बसोबास गरेका १९ हजारभन्दा बढी शरणार्थीलाई स्थायी सुरक्षा प्रवेशाज्ञामा रूपान्तरण गरिनेछ । सरकारले स्थायी प्रवेशाज्ञा पाएकाहरूका लागि पारिवारिक पुनर्मिलनका निम्ति कानुन सुधार गर्दै त्यसलाई सहज बनाइनेछ ।
नयाँ प्रावधानबाट एक दशकभन्दा बढी समयदेखि परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ भने त्यसबाट शरणार्थीहरूलाई तेस्रो देशमा पनि यात्रा गर्न सरल र सहज हुनेछ । अष्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्यूजिल्याण्ड, क्यानडा र संयुक्त राज्य अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त