
काठमाडौँ। अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा गर्यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको थियो ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए ।
पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । बङ्गलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण