नयाँदिल्ली । मङ्गलबार विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रक्षेपणले विश्व जनसङ्ख्या सन् २०३० मा ८.५ अर्ब, सन् २०५० मा ९.७ अर्ब र सन् २१०० मा १०.४ अर्ब पुग्ने देखाएको छ।
विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ ।
सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।
विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा प्ुग्ने अनुमान गरिएको छ । यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो ।
सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एशिया रहेको छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब रचीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ ।
सन् २०५० सम्ममा विश्वव्यापी जनसङ्ख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ । ती देशमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् ।
सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ ।
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण