
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिनुभयो ।
विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो । सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
“सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ”, जोशी भन्नुभयो, “यस क्षेत्रका सम्भाव्यता बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।”
विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई बिस्तार गर्ने थलोका रूपमा विकास हुने उहाँको भनाइ छ । “सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ”, उहाँले भन्नुभयो, “अक्सफोर्ड विश्वविद्यालयलगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरुलाई आमन्त्रण गरिएको छ ।”
ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवम् सम्मेलन आयोजक समितिका उपसभापति डा कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताउनुभयो । “सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।
आयोजक समितिका सदस्य सचिव एवम् सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पुर्याउने र सुदूरपश्चिमका सम्भावनाहरुको उत्खनन गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी नौ वटै जिल्ला लोक कथा सङ्कलनसमेत गरिरहेको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम