
काठमाडौँ । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ ।
खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ ।
यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पुर्याइने र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई इन्टरनेटको माध्यमबाट रुपान्तरण गरिने बताइएको छ । कोहलपुर, खुमलटार तथा धरानमा डाटा केन्द्र तथा बुटवलमा इन्टरनेट एक्सचेन्ज केन्द्र बनाइने घोषणापत्रमा उल्लेख छ ।
साइबर सुरक्षालाई विशेष ध्यान दिई ‘डिजिटल नेपाल’ फ्रेमवर्क लागू गरिने, सबै सरकारी सेवालाई यथाशक्य अनलाइनमा उपलब्ध गराइ जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थितिको अन्त्य गरिने, हुलाक सेवाको आधुनिकीकरण गर्दै सरकारी दस्तावेज ओसारपसार गर्ने र पासपोर्टलगायतका जनसाधारणलाई अतिआवश्यक दस्तावेजलाई घरमै पु¥याउने काममा हुलाकलाई प्रयोग गरिने कांग्रेसको सङ्कल्पपत्रमा उल्लेख छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित