
कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ ।
यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएका ३६ खेलहरूमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ कांस्य गरी ३७१ पदक जितेर च्याम्पियन भएको हो ।
च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गर्नुभयो । उहाँले च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरूलाई सो ट्रफी हस्तान्तरण गर्नुभएको हो ।
पहिलो पटक राष्ट्रिय खेलकुदको बिजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कांस्य सहित २१९ पदक जितेर द्वितीय भएको छ ।
नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कांस्य र ७३ रजत सहित कूल १९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश प्रतियोगिताको चौथो तथा प्रदेशहरू मध्येमा पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कांस्यसहित १२० पदक समग्रमा चौथो भएको छ ।
बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौँ भएको छ । सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कांस्य सदकसहित ६३ पदक जित्न सफल भयो ।
एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कांस्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कांस्य गरी ६८ पदक जितेको छ । मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कांस्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य सहित १८ पदक जितेको छ ।

हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता