
बैंकक । थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२:३० बजे गोली चलाएको थिए ।
आक्रमण भएको प्रान्तका प्रहरी कर्णेल जक्कापत विजितराइथायाले एएफपीलाई दिएको जानकारीअनुसार बन्दुकधारीले २३ बालबालिकासहित ३५ जनाको हत्या गर्नुका साथै अन्य १२ जना घाइते भएका छन् ।
३४ वर्षीय पूर्व प्रहरी लेफ्टिनेन्ट कर्नेललाई गत वर्ष लागूऔषधको प्रयोगगरेको आरोपमा बर्खास्त गरिएको विजितरायथैयाले बताउनुभयो ।
स्थानीय पवीना पुरीचनका अनुसार मोटरसाइकल चढेर आफ्नो पसलतर्फ जाँदै गर्दा पान्यालाई अनियमित रुपमा गाडी चलाउँदै गरेको भेटिएको थियो ।
उहाँले एएफपीसँग भन्नुभयो, “आक्रमणकारीले बाटोमा अरूलाई ठक्कर दिने योजना बनाएको जस्तो देखिन्थ्यो ।”पावीनाका अनुसार आक्रमणकारी उक्त क्षेत्रमा लागूऔषध दुब्र्यसनीका रुपमा परिचित थिए ।
घटनापछिको भिडियो फुटेजमा बगैँचामा रहेको पहेँलो पर्खालले घेरिएको एकतले भवन नर्सरीबाहिरको आश्रयस्थलमा आमाबाबु रोइरहेको देखिएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले राष्ट्रिय प्रहरी प्रमुखलाई ‘अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन’ निर्देशन दिएको बताएका छन् ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ