
बैंकक । थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२:३० बजे गोली चलाएको थिए ।
आक्रमण भएको प्रान्तका प्रहरी कर्णेल जक्कापत विजितराइथायाले एएफपीलाई दिएको जानकारीअनुसार बन्दुकधारीले २३ बालबालिकासहित ३५ जनाको हत्या गर्नुका साथै अन्य १२ जना घाइते भएका छन् ।
३४ वर्षीय पूर्व प्रहरी लेफ्टिनेन्ट कर्नेललाई गत वर्ष लागूऔषधको प्रयोगगरेको आरोपमा बर्खास्त गरिएको विजितरायथैयाले बताउनुभयो ।
स्थानीय पवीना पुरीचनका अनुसार मोटरसाइकल चढेर आफ्नो पसलतर्फ जाँदै गर्दा पान्यालाई अनियमित रुपमा गाडी चलाउँदै गरेको भेटिएको थियो ।
उहाँले एएफपीसँग भन्नुभयो, “आक्रमणकारीले बाटोमा अरूलाई ठक्कर दिने योजना बनाएको जस्तो देखिन्थ्यो ।”पावीनाका अनुसार आक्रमणकारी उक्त क्षेत्रमा लागूऔषध दुब्र्यसनीका रुपमा परिचित थिए ।
घटनापछिको भिडियो फुटेजमा बगैँचामा रहेको पहेँलो पर्खालले घेरिएको एकतले भवन नर्सरीबाहिरको आश्रयस्थलमा आमाबाबु रोइरहेको देखिएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले राष्ट्रिय प्रहरी प्रमुखलाई ‘अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन’ निर्देशन दिएको बताएका छन् ।
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण