
काठमाडौँ । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उहाँले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’प्रदान गर्ने भएको छ ।
फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बङ्गालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।
यसैबीच नेपाल सरकारको मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकले उहाँको सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकामा उक्त रकमका वृद्धि गरी मासिक रु ५० हजार उपलब्ध गराउने निर्णय गरेका स्रष्टा राईले सरकारलाई धन्यवाद दिनुभएको छ । गणतन्त्र स्थापनापछि २०६३ सालमा गठित राष्ट्रियगान चयन कार्यदलको सिफारिसबमोजिम माइलाको ‘सयौँ थुङ्गा फूलका हामी…’ छनोट भएको थियो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम