
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अनाधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनाधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ ।
पुन गत असार २४ गते पुन काठमाडौँबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए ।
रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पुर्याउन समय लागेकाले आज विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ ।
यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार आरोपी पटेलले पनि रु छ लाख ३५ हजार चार सय बराबरको विदेशी परिवत्र्य मुद्रा अनाधिकृत रुपमा विदेश लैजान खोजेको पाइएको छ । विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफथ गरी जरीवाना समेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]