संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका । अति विकसित मुलुकहरुको समूह (जी सेभेन) का विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताउनु भएको छ ।
समूहका मन्त्रीहरूले रुसको यस बढ्दो कदमहरूको निन्दा गरेका छन् । यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा बुधबार जनाइएको छ ।
जी सेभेनले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् ।‘हामी अध्ययन गर्नेछौं, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भन्नुभएको छ ।
क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जि७ मन्त्रीहरु,साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गर्नुभएको छ ।
रुसी सेनाहरुको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उहाँहरुले थप जानकारी दिनुभएको छ । उहाँहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्रको युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गर्नुभएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा