
मस्को । रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रुपमा सेना परिचालन गर्ने घोषणा गर्नु भएको हो ।
युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ ।
“मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिक रुपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ,” उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार देशमा आंशिक रुपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरी आंशिक रुपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म फेरि पनि भन्छु, अहिले आंशिक रुपमा मात्रै सेना परिचालन गरिएको हो ।”
उहाँले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको बताउदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गर्नु भयो ।
सम्बोधनको सुरुमा उहाँले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरु सक्रिय भएर लागिरहेको आरोप पनि लगाउनु भयो ।
“उनीहरुलाई हामीलाई पहिला टुक्र्याउन चाहन्छन, त्यसपछि ध्वस्त पार्न चाहन्छन”, पुटिनले सम्बोधनका क्रममा भन्नुभयो ।
पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेलामा पनि सो कुरा सिधै भन्ने गरेको पनि उहाँले स्मरण गर्नुभयो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरुले चर्को विरोध गर्दै आएका छन् । उनीहरुले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ