
नयाँदिल्ली । हाँस्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स)मा उपचार गराइरहेका उनको निधन भएको हो । कसरत गर्दा उनलाई हृदयाघात भएको थियो ।
उत्तर प्रदेशको कानपुरमा एक मध्यमवर्गीय परिवारमा जन्मेका उनी प्रारम्भिक शिक्षा पूरा गरेपछि चलचित्र उत्पादनको केन्द्र मुम्बईमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पुगेका थिए । बाल्यकालदेखि नै उनमा हास्यव्यङ्ग्यको अद्भूत चेत थियो । उनी त्यसैबेलादेखि हास्य कलाकार बन्न चाहन्थे । प्रारम्भमा सानो चरित्रका साथ चलचित्र जगत्मा प्रवेश गरेका उनले ‘तेजाब, मैने प्यार किया, बाजिगर, आमदानी अठन्नी खर्च रूपैया, मै प्रेम दिवानी हुँ, बिग ब्रदर, बम्बै टु गोआ’ लगायत धेरै चलचित्रमा अभिनय गरेका थिए ।
यसैबीच, बलिउड कलाकारहरूले राजु श्रीवास्तवको निधनको खबरले आफूहरू मर्माहत भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ऋतिक रोशन, अजय देवगण, रविना टण्डन, राजपाल यादवलगायत कलाकारले मनोरञ्जनको क्षेत्रमा उनले गरेको योगदान आफूहरूले कहिल्यै नबिर्सने बताएका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह