लण्डन । बेलायती महारानी एलिजावेथ द्वितियको अन्तिम बिदाई आज सम्पन्न भएको छ ।
अन्तिम बिदाईको पहिलो चरण लण्डनस्थित वेस्टमिन्स्टर एबेमा भएको थियो । करिब २ हजार ५०० मानिस अटाउने सो हलमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरु बेलायतका विभिन्न पार्टी र पदमा रहेका उच्चपदस्थ व्यक्तित्वहरु लगायतले महारानीलाई अन्तिम बिदाइ गरेका थिए ।
त्यसपछि महारानीको शवयात्रा पार्लियामेन्ट स्क्वायर, होर्स गार्ड परेड, द माल, बकिङ्घम पालेस हुँदै हाइड पार्क कर्नरसम्म गरिएको थियो । शव यात्रामा बेलायती सेनाका विभिन्न बटालियनका सेनाहरु, राजा चार्ल्स तृतीय, राजकुमारी आन, युवराजहरु आन्ड्रयू, एडवार्ड, विलियम, पूर्व युवराज ह्यारी लगायत पनि सरिक थिए । त्यसपछि महारानीको शवलाई उनको निवास विन्जर कासलस्थित सेन्ट जर्ज चापलमा कारबाट लगिएको थियो । सो क्रममा बाटोमा सर्वसाधारणले पुष्पगुच्छा चढाएका थिए ।
सेन्ट जर्ज चापलमा भएको दोस्रो चरणको कार्यक्रम समापन भएको छ । महारानीको शवलाई साँझ समाधिस्थ गर्ने कार्यक्रम छ । सोही चापलमा महारानीको आमा, बाबा र श्रीमानको पनि समाधि रहेको छ ।
महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो ।
राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको छ ।
महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत आइपुगेका थिए ।
सन् १९६५ मा विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।
राजकीय अन्त्येष्टिको अर्थ बेलायत सरकारले अन्त्येष्टिको दिनलाई औपचारिक रूपमा बैंक बिदाको रूपमा घोषणा गरेको छ ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]