
काठमाडौँ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पेश गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिममा सात/ सात, मधेसमा छ, गण्डकीमा पाँच, लुम्बिनी र कर्णालीमा चार/चार दलले बन्दसूची पेस गरेका छन् ।
प्रदेश १ मा किरात खुम्बुवान् पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेशमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी तथा सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय मुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जिरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेस गरेका छन् ।
यस्तै, मधेसमा तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची पेस गरेका आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, कर्णाली प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले बन्दसूची पेस गरेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा