
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को चौथो महाधिवेसन अक्टोबर ८ तारिखका दिन बेलायतमा हुने भएको छ ।
यसअघि सेप्टेम्बर १९ मा हुने तय भएको महाधिवेसन बेलायती महारानीको अन्त्येष्ठी सोही दिने हुने भएपछि सार्नुपरेको सभापति कृष्णकुमार राईले जानकारी दिए ।
महाधिवेसन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।
महाधिवेसन पूर्व बेलायतमा रहेका विभिन्न शाखाहरुको अधिवेसन अहिले धमाधम सम्पन्न भइरहेको पनि राईले जानकारी दिनुभयो । उनका अनुसार प्लमस्टिड, अल्डरसट र बेजिङस्टोक शाखाको अधिवेसन सम्पन्न भइसकेको छ भने बाँकी शाखाहरुको पनि अधिवेसन तय भइसकेको छ ।
महाधिवेसन अघि नै सबै शाखाहरुको अधिवेसन सकिने पनि उहाँले जानकारी दिनुभयो ।
गोरखा भूतपूर्व सैनिकहरुको हक अधिकारका लागि विसं २०४७ मा स्थापना भएको भए पनि गेसो अधिवेसनहरु भने नियमित छैन । पछिल्लोपटक तेस्रो अधिवेसन सन् २०१६ सेप्टेम्बर १९ मा बेलायतमा भएको थियो । जसबाट पहिलोपटक संस्थापक सभापति पदमबहादुर गुरुङबाट उपसभापति कृष्णकुमार राईमा नेतृत्व हस्तान्तरण भएको थियो ।
सभापति राईले गत वर्षको सेप्टेम्बरमै आफ्नो कार्यकाल पूरा भएको भएपनि कोरोना महामारीका कारण एक वर्ष कार्यकाल थपिएको बताए ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै