
लण्डन । लिङथेप परिवार यूकेको पहिलो भेला सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पाएर हलमा परिचायत्मक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
उत्तरमा कार्डिफ, पूर्वमा आशफोर्ड देखि दक्षिणमा सोल्सबरीलगायत यूकेको विभिन्न क्षेत्रबाट आउनु भएका दाजुभाइ, दिदीबहिनी, भानाभान्जीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता वयोवृद्द ८० वर्षीय कालिदास लिङथेपले गर्नु भएको थियोे । सुरक्षा सम्बन्धि जानकारी सुन्दर लिङथेप राखेका थिए भने स्वागत मन्तव्य विजय लिङथेप राख्नुभएको थियो ।
सो कार्यक्रममा ब्रिटिस आर्मीमा पदोन्नति हुनुभएको क्याप्टेन छत्र लिङथेप, क्याप्टेन नरेश लिङथेप र किराँत याक्थुङ चुम्लुङ यूके चुम्लुङ एवार्डबाट सम्मानित भान्जा इन्द्र थक्लुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
विजय लिङथेपको संयोजकत्व सम्पन्न उक्त कार्यक्रममा सुन्दर लिङथेप,गोकुल लिङथेप, भीम सबिन लिङथेप,भक्त लिङथेप, छत्र लिङथेप, नरेश लिङथेप, लाल लिङथेप, केशर लिङथेप, घनश्याम लिङथेप, पर्वत लिङथेप, धन लिङथेप, राजेन लिङथेप, जित लिङथेप र ज्याकी लिङथेप दिदिबहिनीमा बिमला लिङथेप, खुशीमाया लिङथेप, हेमकुमारी लिङथेप, पुष्पलता लिङथेप, कुमारी लिङथेप र कला लिङथेपको ठूलो सहयोग र योगदानले कार्यक्रम सफल भएको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान