
मुम्बई । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ ।
सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिनुभएको सोमबार एक अधिकारीले बताए ।
लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो । सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गर्नुभएको थियो ।
सलमानको आवेदनका आधारमा प्रहरीले उहाँलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए । सलमान र उहाँका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो ।
मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिश्नोईलाई केरकार गरेको ती अधिकारीले बताए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक