
मुम्बई । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ ।
सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिनुभएको सोमबार एक अधिकारीले बताए ।
लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो । सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गर्नुभएको थियो ।
सलमानको आवेदनका आधारमा प्रहरीले उहाँलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए । सलमान र उहाँका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो ।
मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिश्नोईलाई केरकार गरेको ती अधिकारीले बताए ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा