
काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्तीसमेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो ।
आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ बेलायतको आयोजनामा अनामनगरस्थित तमु बौद्व सेवा समितिको सभाहलमा भएको खुल्ला कविता वाचन प्रतियोगितामा ताप्लेजुङकी शोभा जोशी प्रथम घोषित भइन् । त्यस्तै, खोटाङकी मञ्जु राई द्वितीय र उदयपुरका टीका टोली मगर तृतीय भए । त्यस्तै, सञ्जित फलाना र असिम भुसाल सान्त्वना घोषित भए ।
नेपाली राष्ट्रिय गानका रचनाकार एवम् साहित्यकार व्याकुल माइलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विजेताहरूलाई पुरस्कारस्वरूप प्रमाणपत्र र नगद राशी समेत प्रदान गरिएको थियो । पहिलो, दोस्रो र तेस्रोले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँ नगर पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, सान्त्वनाले जनही ३ हजार रुपियाँ प्राप्त गरेका थिए ।
प्रमुख अतिथि व्याकुल माइलाले पहिचानको आन्दोलनले आदिवासी समुदायको आवाज केही सुनिन थालेको धारणा राखे । त्यस्तै, प्रतियोगिताका परिकल्पनाकार आदिवासी जनजाति अभियन्ता आङ्काजी शेर्पाले भानुभक्त नभएर घाँसी खड्ग ठाडा मगर आदि सर्जक भएको दाबी गरे । उनले भानुभक्तले घाँसी खड्गबाट कविता लेख्न प्रेरणा पाएको भन्दै राज्यसत्तताका कारण आदिवासी समुदायहरू धेरै पीडित भएको भन्दै रोष प्रकट गरे ।
साहित्यकार विश्वासदीप तिगेलाको सभापतित्वमा भएको उक्त कार्यक्रमकोे भने सोनाम डोल्मा शेर्पाले सञ्चालन गरेकी थिइन् । तिगेलाले मन्तव्य राख्दै नेपालमा बसोबास गर्ने सबै जाति र समुदायको भाषा र साहित्य राष्ट्रिय र नेपाली साहित्य भएको भन्दै यसबारे प्राज्ञिक हिसाबले बहस छेड्नुपर्ने आवश्यकता भएको औँल्याए ।
घाँसी खड्ग ठाडा मगर जयन्ती गत वर्षदेखि मनाउन थालिएको आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घ यूके संयोजक अमित थेवेले बताए ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ