
पेरिस । फ्रान्सको पेरिस शहरको पूर्वी सिमानामा जोडिएको पँता शहरमा अवस्थित बिशाल पार्कमा आईतबार १० जुलाई २०२२ का दिन सम्पन्न गोरखाली समाज फ्रान्सको अधिवेसनले रामेश्वर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकरी र श्रीमती सीता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा फ्रान्सका अधिकांश संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सुरेन्द्र काप्रीले गर्नुभएको थियो भने सन्चालन महासचिब राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम स्थलको वरपर र दोबाटोमा नेपाली ध्वजा, झन्डा, ब्यानरले सजाइएको थियो ।
कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाको कृयाकलापको प्रतिबेदन पेश गर्नुभयो भने कोषाध्यक्ष श्रीमती नानु देबकोटाले आर्थिक प्रतिबेदन पढेर सुनाउनुभयो ।
निर्वाचन उपसमितिका संयोजक, अभिभाबक एब साहित्यकार हरिहर अर्यालले सहमतीय निर्वाचनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको घोषणा गर्नुभयो । अर्यालले नयाँ कार्यसमितिको नामावली प्रकाशन गरी एकाअपसमा परिचयात्मक कार्यक्रम गर्नुभएको थियो र नबनिर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजका सल्हाकार एवम् एकता समाज फ्रान्सका पूर्व अध्यक्ष शुकबहादुर गुरुङ तथा अर्का सल्लाहकार, एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष इन्जिनियर निर्मल अर्यालले निवर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदर पत्र प्रदान गर्नुभयो । साथै विगतको कार्यसमितिले गरेका ऐतिसासिक उच्च कामको प्रसंशा गर्नुभयो ।
नव निर्वाचित कार्यसमितिमा महिला उपाध्यक्ष नानु देबकोटा, उपाध्यक्ष सुजन राज भट्ट, महासचिव धन कुमारी घले, सचिव रंजित भट्ट, कोषाध्यक्ष कुल तामांग, सहकोषाध्यक्ष वार्ता कुमारी गुरुङ, सदस्यहरुमा रबिना सिम्खडा, सन्जिब देबकोटा, होम बहादुर थापा (अर्जुन थापा), सुदिप दवाडी, सुजन बानियाँ, जीवन आले मगर, मन कुमारी घले, मिक्का गुरुङ (मुक्ति), बिर बहादुर गुरुङ, सम्झना भट्ट रहेका छन् ।
नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई राजदुत अधिकारी र निर्वाचन उपसमितिका संयोजक अर्यालले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यसै क्रममा राजदुत अधिकारीले गोर्खाली समाज फ्रान्स स्थापनाको उद्देश्य प्राप्तिको लागि नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका सम्पुर्ण महानुभावहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले साथीहरुको ठूलो विस्वास र भरोसाले अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभएकोले सबैलाई हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । उहाँले गोरखाली समाजको उद्देश्य प्राप्तिका लागि दिलोज्यानले काम गर्ने प्रतिबद्द्ता जाहेर गर्नुभयो ।
कार्यक्रममा गैरआवाासीय नेपाली संघ फ्रान्सका वरिस्ठ उपाध्यक्ष शिवराम भण्डारी, पाकोफोन फ्रान्सका कोषाध्यक्ष बिरु खड्का, साँस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठ, उपाध्यक्ष हेमन्त उपाध्याय, इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटा, वरिस्ठ उपध्यक्ष जगत खड्का, प्राध्यापक डा.राजेश खतिवडा, जनसम्पर्क समिति फ्रान्सका पूर्व महामन्त्री कमल बिक्रम केसी, तामाङ घेदुङ फ्रान्सका सल्लाहकार कुल ब तमाङ, मोना फ्रान्स योगेश पुन लगायत धेरै समाजसेवी महानुभावहरुको उपस्थिति रहेको थियो ।
सभापति सुरेन्द्र काप्रीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यसफलताको शुभकामना ब्यक्त गर्नुभयो । साथै साधारणसभा तथा वनभोज कार्यक्रम तयारी गर्न खट्ने सबैलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुभयो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ