
लण्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार इम्पायर हल अल्डरसटमा सांगीतिक साँझ आयोजना सम्पन्न गरेको छ ।
उक्त साँझमा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आउनु भएका कलाकारहरु हाँस्य कलाकार निर आले, नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गायक रनबहादुर थापा (बिलन) ले प्रस्तुत गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमका सदस्य सुष्मा गुरुङले संचालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङले हेल्थ एन्ड सेफ्टी र स्वागत मन्तब्य र अध्यक्ष मान गुरुङले भिक्तोरिया डेमा भाग लिने संस्थाको प्रमुखहरुलाई सर्टिफिकेट र आगन्तुक अतिथि कलाकारहरुलाई फूलको गुच्छा दिनुभएको थियो। कलाकार रिना थापा मगरले पनि मायाको चिनो अध्यक्ष मान गुरुङलाई दिनु भएको थियो। त्यसैगरी, साँस्कृतिक कार्यक्रम संचालक साँस्कृतिक सहसचिव बिमल गुरुङ, टिकटमा कोसाध्यक्ष श्याम श्रेष्ठ र जगना गुरुङ, हल प्रयोजन पुरन गिरि, राजकुमार गुरुङ र नारायण गिरि, डिजेमा गोल्डी, फोटोग्राफी इजरा श्रेष्ठ, सेक्युरिटीमा भुवानीप्रसाङ्ग गुरुङ र उपाध्यक्ष लीला सेलिङ्ग माबो लगायतले सहयोग पुर्याउनु भएको थियो।
उक्त कार्यक्रमबाट बचेको रकमले अत्यावस्यक मानवीय सहयोगमा खर्चिने छ। वृद्ध बाबाआमाहरुलाई आधा डिस्काउन्ट दिइएको थियो।


युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा