
शिकागो । देशभक्तिको प्रदर्शन आज यहाँ विनाश र विंध्वसमा परिणत भएको छ । अवोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ । स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभागी भएका उनीहरूलाई नियतिले शहीद बनायो ।
शिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइल्याण्ड पार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष्ट्रिय झण्डा फहराइरहेका सर्वसाधारण एवम् बालबालिकामाथि एउटा घरको छतमा बसेको बन्दुकधारीले अन्धाधुन्ध गोली गोली चलाउँदा छ जनाको मृत्यु हुनका साथै ३६ जनाभन्दा बढी घाइते भएका छन् ।
विद्यालय, गिर्जाघर, किराना पसलमा सीमित रहेको बन्दुक हिंसा अब सामुहिक प्रदर्शन र राष्ट्रिय उत्सवमा सरेको छ । बन्दुकसम्बन्धी कानुन परिवर्तन नभएसम्म यस्ता घटना भइरहने एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।
स्वतन्त्रता दिवस परेडमा गोली चलेपछि केही बालबालिका ठहरै भएका, रगत चुहाउँदै केही भागेका, केही आधा खाइएका आलुचिप्सका प्याकेटसँगै घाँसमा चीर निन्द्रामा सुतेका, केहीका हातमा चकलेट र कुकिज ताजै रहेको हृदयविदारक दृश्यको वर्णन गर्न नसकिने उनले बताए ।
२२ वर्षीय रोर्बट इ क्रिमोले चलाएको गोली लागेर पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्ततः अभियुक्त रोबर्टलाई हिरासतमा लिइएको छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल