
सिड्नी । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ ।
गृह मामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका हुन् ।
बुधबारदेखि अस्ट्रेलिया आइपुगेका यात्रु खोप लगाएको पुष्टि गर्न अब डिजिटल प्यासेन्जर डिक्लरेसन (डीपीडी) पूरा गर्नु पर्ने छैन ।
यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेश गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ ।
ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ”हामीमध्ये धेरै अन्तरराष्ट्रिय तवरमा यात्रा गर्दैछौं र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौं । हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन् ।”
”यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छरितो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ ।”
यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ ।
अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो । सोमबार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९को थप सङ्क्रमण भएको जनाएको थियो । विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको थियो ।
”आगामी दुई महिनासम्म कोभिड सङ्क्रमितको सङ्ख्या बढ्ने कुरा ‘स्पष्ट छ’,” बटलरले भन्नुभयो । ”यसले कोभिड सङ्क्रमितसहित तीन हजारभन्दा बढी विरामी रहेका अस्पतालहरूमा दबाब दिइरहेको उहाँले आइतबार पत्रकार सम्मेलनमा बताउनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक