
हङकङ। चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ ।
सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले सङ्कलन गरेको ९०० भन्दा बढी प्राचिन, सांस्कृतिक तथा सार्वजनिक महत्वका सामग्रीहरूलाई देखाइनेछ । यसमध्ये केही सामग्री हङकङमा पहिलो पटक प्रदर्शन भइरहेका छन् ।
सुरुको प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको सङ्ग्रहालय प्रशासनले जनाएको छ ।
हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले भन्नुभयो, ”सङ्ग्राहलयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक बिषयबाट पनि लाभ लिनेछ ।”
सङ्ग्रहालयले सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) तय गरेको छ भने विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) तय गरेको छ ।
संग्रहालय उद्घाटनको पहिलो वर्षका सबै बुधबार सबैका लागि प्रवेश निःशुल्क गरिनेछ । साथै संस्थागत तथा अन्य संगठनहरूले एक लाख ५० हजार सामान्य प्रवेश टिकट कम विशेषाधिकार प्राप्त समूहहरूलाई वितरणका लागि प्रायोजित गर्ने संग्रहालयले बताएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक