
लण्डन । प्रोफेसर सूर्य सुवेदीले नेपालमा छुवाछुत हटाउनका लागि मनुस्मृति संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल ब्रिटेन डटकमले आयोजना गरेको फेसबुक लाइभमा बोल्दै उनले नेपालमा जातिय छुवाछुत हटाउनका लागि नियम कानुनहरु बनेको धेरै वर्ष भइसक्दा पनि नेपाली समाज पूर्ण रुपमा छुवाछुत मुक्त हुन नसकेकाले समाजबाट छुवाछुत हटाउन मनुस्मृति संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘ऐन कानुनमा छुवाछुत मुक्त व्यवस्था गरिए पनि समाजबाट छुवाछुत हटेन । धर्मशास्त्रलाई देखाउँदै छुवाछुत गर्ने समाजको सोचमा धेरै परिवर्तन आउन सकेन’ उनले आफ्नो सो धारणाको पृष्ठभूमि बाँध्दै भने ।
हिन्दू धर्मममा वैदिक कालमा छुवाछुत नभएको तर चाणक्य नीति र मनुस्मृतिबाट छुवाछुतको प्रावधान राख्न शुरु गरिएको उनको धारणा थियो । अहिलेको मनुस्मृति पनि १५ औँ संस्करण भएको, महाभारत पनि पटकपटक थपघट गरिएको उदाहरण दिँदै समाजको सोचमा परिवर्तन गर्न मनुस्मृति संशोधन गर्न सकिने जिकिर गरे ।
‘यसरी संशोधन गरिनासाथ छुवाछुतको समस्या समाधान भइहाल्छ भन्ने होइन तर धर्मग्रन्थमै परिवर्तन गरिएपछि बिस्तारै यस्तो कुरा हट्न सक्छ’ उनले भने ।
नेपालको मौलिकता कायम राख्न र हिन्दू धर्ममा रहेको दाग हटाउन यस बारेमा विद्वानहरुका बीचमा बहस शुरु गर्नुपर्ने पनि उनले बताए ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने