
वासिङटन । टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर भएको पुष्टि भएको छैन ।
मेक्सिकोका आप्रवासी ट्रकमा निसास्सिएर मरेका अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो । आद्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ । सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सोमबार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन् । सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् ।
गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो । ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा लाश मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान