
काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ ।
विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।
स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र रु पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट रु एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट रु ४४ लाख १३ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट रु एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।
यस्तै, रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु ११ करोड ११ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
यही अवधिमा रु एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले रु १९ करोड १२ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।
विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु एक अर्ब २४ करोड ८६ लाख २१ हजार बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ ।
त्यस्तै एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब नौ करोड तीन लाख ९८ हजार रकम बाहिरिएको छ भने यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य रु ५१ करोड ३१ लाख ९१ हजार बराबर छ ।
नेपालको हावापानी सुहाउँदो फल मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु २३ करोड ४० लाख दुई हजार बराबर छ ।
यस अवधिमा २१ लाख ९४ हजार १९९ किलो नास्पाती रु १५ करोड आठ लाख ३९ हजार बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर (ताजा र सुकेका) रु १२ करोड चार लाख ६२ हजारको आयात भएको छ । अम्बा र आँप रु ७१ करोड ७५ लाख ९४ हजार बराबरको आयात भएको देखिन्छ ।
दुई लाख ४५ हजार ८६९ किलो एभोकाडो रु छ करोड ९१ लाख बराबरको आयात भएको छ भने व्यावसायिकरुपमा मुलुकमै खेती गरिने किबी रु छ करोड २२ लाख ६९ हजार बराबर मूल्यमा तीन लाख ३५ हजार ५४७ किलो आयात भएको छ । लिची नौ लाख ९१ हजार २२८ किलो आयात हुँदा तीन करोड ८७ लाख ६६ हजार मूल्य बाहिरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित