
काठमाडौँ । एनआरएनए युकेका कोषाध्यक्ष विष्णु खरेल र मोडल शाक्षी लम्साल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । ‘दिनरात सपना देख्छु, तिमीलाई नै सधैँ भेट्छु’, ‘ल है ल है, माया बस्यो है’, ‘तिम्रो साथ आइपुग्दा…’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल पवन गिरी ‘अफिसिएल’मार्फत् सार्वजनिक भएको छ । यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरीको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देऊ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता