
कोलम्बो । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको मुलुक श्रीलङ्कामा सोमबारदेखि नौ घण्टे कर्फ्यू आदेश जारी गरिएको छ ।
सरकारले घोषणा गरेको कर्फ्यू सोमबार बेलुका ८ बजेदेखि लागू भई बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।
विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यू आदेश जारी गरेको हो ।
पक्राउ गरेकाहरूलाई कर्फ्यू आदेशको उलङ्घन गरेको, सार्वजनिक तथा अर्को व्यक्तिको सम्पत्ति तोडफोड गरेको, अशान्ति मच्चाएको, हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको लगायतका आरोपहरू लगाइएको छ ।
आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्कामा आर्थिक सङ्कटकै कारणले राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।
विशेष गरेर आर्थिक सङ्कट बढेपछि महङ्गी र अभाव बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । नागरिक आन्दोलनका कारण राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ ।
नागरिक आन्दोलन चर्किदै गएपछि मन्त्रपरिषद् नै परिवर्तन गर्नु परेकोसम्मका राजनीतिक सङ्कट उत्पन्न भएको छ ।
तत्कालिन निर्वाचित प्रधानमन्त्री महेन्दा राजापाक्षको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका कारण उहाँले राजीनामा दिन बाध्य हुनु परेको थियो ।
उहाँको राजीनामाको केही दिनपछि राष्ट्रपति गोटावाय राजापाक्षले आइतबार मात्रै रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक सङ्कट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गर्नु भएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]