
कोलम्बो । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको मुलुक श्रीलङ्कामा सोमबारदेखि नौ घण्टे कर्फ्यू आदेश जारी गरिएको छ ।
सरकारले घोषणा गरेको कर्फ्यू सोमबार बेलुका ८ बजेदेखि लागू भई बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।
विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यू आदेश जारी गरेको हो ।
पक्राउ गरेकाहरूलाई कर्फ्यू आदेशको उलङ्घन गरेको, सार्वजनिक तथा अर्को व्यक्तिको सम्पत्ति तोडफोड गरेको, अशान्ति मच्चाएको, हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको लगायतका आरोपहरू लगाइएको छ ।
आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्कामा आर्थिक सङ्कटकै कारणले राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।
विशेष गरेर आर्थिक सङ्कट बढेपछि महङ्गी र अभाव बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । नागरिक आन्दोलनका कारण राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ ।
नागरिक आन्दोलन चर्किदै गएपछि मन्त्रपरिषद् नै परिवर्तन गर्नु परेकोसम्मका राजनीतिक सङ्कट उत्पन्न भएको छ ।
तत्कालिन निर्वाचित प्रधानमन्त्री महेन्दा राजापाक्षको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका कारण उहाँले राजीनामा दिन बाध्य हुनु परेको थियो ।
उहाँको राजीनामाको केही दिनपछि राष्ट्रपति गोटावाय राजापाक्षले आइतबार मात्रै रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक सङ्कट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गर्नु भएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने