
लण्डन । आसफोर्ड केन्टमा रहेको सगरमाथा गोरखा नेपाली समाजले आज स्थानिय भिक्टोरिया पार्कमा सरसफाइ गरेको छ ।
मौषमको प्रतिकूलताका कारण बीचबीचमा परेको पानीको पर्वाह नगरी समाजले सरसफाइ गरेको हो ।
समाजले हरेक वर्ष सरफाइ कार्य गर्ने गरेको भए पनि केही वर्ष यो कार्य रोकिएको थियो ।
आसफोर्डको स्थानिय बासिन्दा भएको हुनाले सार्वजनिक क्षेत्रमा काम गरेर यहाँका रैथाने बासिन्दाहरुसँग सहकार्य गर्ने गराउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको समाजले बताएको छ । आजको कार्यक्रमको संयोजन नग्स राईले गरेका थिए । कार्यक्रममा संयोजक राईले हेल्थ र सेफ्टी बारेमा जानकारी गराएपश्चात क्षेत्र विभाजन गरी सरसफाइ सुरु गरिएको थियो।
कार्यक्रममा विभिन्न संघ सस्थाहरुलाई सस्थाका तर्फबाट भाग लिनका लागी अनुरोध गरिएको थियो । जसअनुसार गोर्खा पिस फाउन्डेसन आशफोर्ड, लाइनस क्लब आशफोर्ड, रोयल ब्रिटिस लिजन आशफोर्ड, किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आशफोर्ड, केन्ट गुरुङ समाज आशफोर्ड, किरात याक्थुङ चुम्लुङ्ग शाखा कमिटी आशफोर्ड, पिपल मोर्गेज आशफोर्डलगायत थुप्रै संघ सस्थाहरुबाट स्वयंसेवकहरु सहभागी भएका थिए ।
कार्यक्रममा आशफोर्ड बरो काउन्सिलका मेयर कालम नोल्सले पार्क सरसफाई कार्यक्रमले यहाँका स्थानियहरुलाई यसरी सबै एक भएर आफ्नो क्षेत्रमा सफा वातावरण राख्नको लागी हौसला दिने भन्दै समाजलाई धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष कप्रसाद छन्त्यालले कार्यक्रम संयोजक नग्स राईलाई कार्यक्रम अति नै सफल भएकोमा धन्यवाद दिँदै हामी पनि यसै स्थानमा बसोबास गर्ने भएकोले यस्तो कार्यक्रम गर्नु आवस्यक छ र यहाँका बासिन्दाहरुसंग घुलमिल गर्न पनि यस्तो कार्य गर्नु जरुरी रहेको बताए । उनले सम्पूर्ण उपस्थितहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गरे ।
बिहान १० बजे सुरु भएको उक्त कार्यक्रम दिनको १२ बजे सकिएको थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ