लण्डन । किरात राई यायोख्या बेलायतले किरात राई यायोख्या नेपालका अध्यक्ष दिवस राईले हालै मिडियामा दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेको छ ।
अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईले एक विज्ञप्ति प्रकाशित गरी यायोख्या नेपालका अध्यक्ष राईले बेलायतमा यायोख्याभित्र देखिएको आन्तरिक विवादलाई समाधान गर्न सकारात्मक र निस्पक्ष पहल नगरेको आरोप लगाएका छन् ।
यायोख्या नेपालका अध्यक्ष राई यही मे १६ मा यायोख्याको एक पक्षले आयोजना गरेको सामूहिकचुल्हा राख्ने कार्यक्रममा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ ।
विज्ञप्तिमा यायोख्या बेलायतको पहलमा किनिएको किरात राई हाउस ग्याम्बल्स लेनमा कुनै एक भाषी राई समुदायले बदनियतपूर्वक चुल्हा स्थापना गरेपछि बेलायतका राईहरुमा विवाद सृजना भएको उल्लेख छ । यायोख्या नेपालका अध्यक्ष राईले बेलायत भ्रमणका अवसरमा सो चुल्होलाई नै मान्यता दिन खोजेपछि यायोख्या बेलायतको एक समूहले आपत्ति प्रकट गरेको हो ।
विज्ञप्तिमा यायोख्या नेपालका अध्यक्ष राईको किरात राई हाउस ग्याम्बल्स लेनमा हुने भ्रमण असफल पार्न र यसबाट उत्पन्न हुने सबै किसिमको परिस्थितिको सामना गर्न तम्तयार रहन पनि बेलायतबासी किरात राईहरुलाई अनुरोध गरिएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]