
लण्डन । बेलायती संसदभित्र अश्लील सामग्री हेरेको आरोप लागेका सांसदको नाम सार्वजनिक भएको छ ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट टिभरटन एण्ड हनीटन निर्वाचन क्षेत्रका सांसद रहेका ६५ वर्षीय निल पेरिसलाई पदबाट निलम्बन गरिएको छ भने उनीमाथि लागेको आरोपका बारेमा संसदीय मर्यादा आयुक्तले छानविन शुरु गरेका छन् ।
उनीमाथि उनकै पार्टीका दुई जना सांसदले अश्लील सामग्री हेरेको आरोप गतसाता लगाएका थिए ।
उनले बीबीसीसित प्रतिक्रिया दिँदा आफूले अनुसन्धानलाई सघाउने बताएका छन् । उनलाई संसदबाट निलम्बन गरिए पनि संसदीय समितिमा भाग लिन भने नरोकिएको बताइएको छ ।
विपक्षी दलका सांसदहरुले सांसद पेरिसलाई राजिनामा दिन सुझाव दिएका छन् ।
विवाहित उनका, दुई सन्तान र दुई नातिनातिनासमेत छन् ।
बेलायती संसदमा यौन दुब्र्यबहारसम्बन्धमा पछिल्ला साताहरुमा धेरै चर्चा उठेका छन् । सरकारकामा मन्त्री रहेका, छायाँ सरकारमा मन्त्री रहेकासहित करिब ५० भन्दा बढी सांसदहरुमाथि यौन दुब्र्यबहारको आरोप लागेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा