
किभ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको बताइएको छ । यसक्रममा उहाँहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । महासचिव गुटरेस हाल युक्रेनमा हुनुहुन्छ ।
यसक्रममा उहाँले युक्रेनी राष्ट्रपतिसँग बिहीबार भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको थियो । रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ । हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुल लगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ ।
मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाउनुभएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी