
लण्डन । जनप्रगतिशील मन्च बेलायत र जापानले जनयुद्धका घाइते भक्तबहादुर रानामगरलाई आर्थिक सहयोग गरेका छन् ।
जनयुद्धका क्रममा मकवानपुरको झुरझुरेमा भएको भिडन्तमा दुवै खुट्टा गुमाएका उनको अवस्था नाजुक बन्दै गएपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।
मगरलाई माओवादी केन्द्रको विदेशस्थित संगठन जनप्रगतिशील मञ्च बेलायत र जापान तथा प्रवास समितिका समितिका अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक र अच्युत फुयाल समेतले प्रदान गरेको सहयोगसमेत गरी जम्मा ४ लाख ५१ हजार ६८७ रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ ।
मगरको उपचारमा सहयोगका लागि बेलायतबाट १ लाख ३४ हजार २७०, जापानबाट ३ लाख ४ हजार ४१०, अच्युत फुयाँलबाट ३ हजार तथा शर्मा र पाठकबाट ५/५ हजार रुपैयाँ प्राप्त भएको थियो । सो रकम समितिका अध्यक्ष शर्मा, सचिव पाठक र जनप्रगतिशील मंच बेलायतका पूर्व अध्यक्ष सुरेश गौतमसहितको उपस्थितिमा परिवारलाई हस्तान्तरण गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा