
टोकियो । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ ।
जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो ।
उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गर्नु भएको थियो । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उहाँ बस्दै आउनु भएको थियो । उहाँको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए । उहाँलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
नर्सिङ होममा रहँदा उहाँले बोर्ड गेम्समा रमाउनु हुन्थ्यो भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्नु हुन्थ्यो । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्नुहुन्थ्यो । उहाँ बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाउनु भएको थियो ।
उहाँले ठीक एक शताब्दी अगाडी सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गर्नु भएको थियो । उहाँले चार सन्तान जन्माउनु भएको थियो । खेलकुदमा निकै रुचि राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गर्नु भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण उहाँलाई खेल मैदान लगिएको थिएन ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उहाँको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताउनु भएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने