
श्रीनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् ।
तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जानुहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ ।मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २०१९ देखि प्रतिबन्ध लगाएको छ ।
सन् २०१९ देखि ती क्षेत्रमा सरकारले इन्टरनेट बन्द गर्नेदेखि लिएर नागरिकहरुलाई सार्वजनिक स्थलमा हुने जमघटहरुमा पनि निगरानी राख्नेगरी कडा कानुनी प्रतिबन्धहरु लगाइएको छ ।काश्मिरका पाली भन्ने स्थानमा आइतबार भारतीय जनता पार्टीको कार्यक्रम आयोजना गरिएको छ र त्यहाँ प्रधानमन्त्री मोदी सहभागी हुने भएकाले त्यहाँ कडा सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।
उक्त क्षेत्रमा आतंकवादी समूह या भूमिगत समूहहरुबाट हुनसक्ने सम्भावित आक्रमणलाई लिएर ठूलो संख्यामा प्रहरीको पनि व्यवस्था गरिएको बताइएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने