
काठमाडौ । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् ।
सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो ।
प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा