
वासिङ्टन। रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित भएको हो ।
रुसले युक्रेनमाथी आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषद्मा बस्न रुसलाई दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ ।
महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन् । रुसलाई मानव अधिकार परिषद्बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गर्नु भएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनु पर्नेमा जोड दिनुभयो ।
“संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ, राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरुलाई धन्यवाद छ,” राष्ट्रपति बाइडेनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
परिषद्बबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रुपमा अर्थपूर्ण घटना भएको पनि उहाँले बताउनु भएको छ ।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]