काठमाडौं। क्यारेबियन राष्ट्र ग्रेनडामा ७ नेपाली विद्यार्थी पक्राउ परेका छन्। एक साताअघि अर्को क्यारेबियन राष्ट्र सेन्ट लुइसबाट सम्पर्कबाहिर रहेका उनीहरु मंगलबार ग्रेनडामा पक्राउ परेका हुन्। आन्ध्र महासागरमा अवस्थित ग्रेनडा उनीहरु डुंगामा पुगेका थिए। ग्रेनडा पुग्ने वित्तिकै पक्राउ पर्ने ६ पुरुष र एक महिला छन्।
पक्राउ पर्नेमा २२ वर्षका दीपक सापकोटा, २२ वर्षका चन्द्रबहादुर थापा, १८ वर्षका अंकित ढकाल, २३ वर्षका प्रदीप अधिकारी, २० वर्षका दीपक भूजेल, ३२ वर्षका अर्जुन शर्मा काफ्ले र २० वर्षकी नुमकला तिवारी रहेका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। ‘मानव तस्करको जालोमा परेर त्यहाँ पुगेका अनुमान गरिएका’ सबैलाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्ने सबै मानव तस्करको जालोमा परेर सेन्ट लुइस एकेडेमी पुगेका नेपाली विद्यार्थीहरु हुन्।
सेन्ट लुइसमा ‘ल्याम्बर्ड एकेमेडी काण्ड’ ले चिनिदै आएको सो काण्डमा ७० भन्दा बढी नेपाली विद्यार्थी ठगिएका छन्। अध्ययन र रोजगारीको आश्वासनमा सेन्ट लुइस पुगेका विद्यार्थीहरु अलपत्र अवस्थामा छन्। मानव तस्करहरुले उनीहरुलाई एक वर्षमा अमेरिका क्रेडिट ट्रान्सफर गराउने भन्दै सेन्ट लुइस पुर्याएका थिए।
सेन्ट लुइस सरकारले सो काण्डको स्वतन्त्र छानविनको आदेश दिएको छ। सो काण्डसँग सम्बन्ध रहेको भन्दै सेन्ट लुइस प्रहरीले तीन भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। सो काण्डमा सेन्ट लुइसका पूर्व मन्त्रीको पत्नीको संलग्नता रहेको समाचारहरु आएका छन्। पक्राउ परेका सबै प्रहरी हिरासतमा छन्।
उनीहरुलाई होटल म्यानेजमेन्टको एक वर्षको पढाइ पछि अमेरिकामा क्रेडिट ट्रान्सफर हुने र क्रुजमा जागिर हुने आश्वासन दिइएको थियो।
विद्यार्थीबाट उनीहरुले २० लाख रुपैयसम्म लिएका थिए। अलपत्र परेका केही नेपाली विद्यार्थीहरु अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) को सहयोगमा स्वदेश फर्किएका छन्।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च