लण्डन । बेलायतबाट नेपाल फर्किएका डा पूर्ण लोक्समलाई प्रदेश-१ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।
पाँथरका लोक्समलाई प्रदेश सरकारले आज उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पालामा नियुक्त उपाध्यक्ष सुबोधराज प्याकुरेलको टीमले मुख्यमन्त्रीबाट राईसँगै पदमुक्त भएपछि राजिनामा दिएका थिए । नवनियुक्त डा लोक्सम पनि प्याकुरेलको नेतृत्वको टीममा तीन वर्ष सदस्य रहेका थिए ।
हङकङ हुँदै बेलायत आएका डा लोक्समले अर्थशास्त्र विषयमा बेलायतको लेस्टर विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी बेलायतमा रहँदा नेकपा माओवादी केन्द्रको बेलायत प्रमुख थिए भने एमाले र माओवादी मिलेर बनेको नेकपाको पनि बेलायत प्रमुख रहेका थिए ।
आजै बेलायतबाट नेपाल पुगेका लोक्समले प्रदेश नं १ मा राजस्व वृद्धि, भएको पैसा व्यवस्थापन, खर्चको मितव्ययिता र गरिबीको तथ्याङ्क संकलनलाई प्राथमिकतामा राखी कार्य गर्ने बताए।
उनले प्रदेश नं १ लाई मात्र नभई नेपालकै आर्थिक मोडल परिवर्तन हुनुपर्ने बताए । आजभन्दा ५० वर्षअघि नेपाल र अहिलेको नेपाल आर्थिक सूचकांकमा धेरै पछि परेको दृष्टान्त दिँदै उनले वर्तमान विकास मोडलले काम नगरेको जिकिर गरे । यसलाई परिवर्तन गरी ‘रिभर्स अर्डर’मा आर्थिक मोडल बनाएपछि मात्र नेपाल समाजवाद उन्मुख बाटोमा जाने उनले बताए ।
प्रदेश नम्बर १ मा स्रोत साधनको खोजी अन्वेषणलाई आफूले पहिलो प्राथमिकता दिने उनले बताए । निर्यात नबढाएसम्म भिखारी मात्र रहने भन्दै उनले कम प्रतिष्पर्धामा अन्तर्राष्ट्रिय बजारमा बढी मुनाफा आर्जन गर्ने स्रोतहरुको खोजी गर्न समिति बनाएर अध्ययन गर्ने जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषद बैठकले आयोगका सदस्यहरू पनि नियुक्त गरेको छ। सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अन्जु खड्का मोरङलाई नियुक्त गरेको छ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’