बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग शुक्रबार अपराह्न फोनवार्ता गर्नुभएको छ ।
चीन र बेलायतबीच राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको यो वर्ष ५० औँ वर्ष पुगेको उल्लेख गर्दै सीले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले केही उतार चढावका बाबजुद समग्रमा सम्बन्ध निरन्तर विस्तार भएको बताउनुभयो । दुई देश बीचको व्यापार ३०० मिलियन अमेरिकी डलरबाट बढेर १०० अर्ब डलर पुगेको छ । दुईतर्फी लगानी बजार झण्डै शून्यबाट बढेर ५० अर्ब डलर पुगेको सीले बताउनुभएको हो ।
गत वर्ष द्विपक्षीय व्यापार नयाँ उच्चमा पुगेको र बेलायतमा चीनको लगानी तीन गुणा बढेको फोनवार्तामा सीले बेलायती प्रधानमन्त्री जोन्सनसँगको कुराकानीमा बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “बेलायतको लगानीमा सञ्चालित उद्यमहरूले चीनको सुधार र खुलापनमा सक्रियतापूर्वक भाग लिएका छन् र लण्डन विश्वकै सबैभन्दा ठूलो व्यापार केन्द्र बनेको छ ।”
चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “दुई देशले विश्वव्यापी विकास र जलवायु परिवर्तन जस्ता क्षेत्रमा समन्वय र सहकार्य गरेका छन् र मानवताको साझा चुनौतीको सामना गर्न सकारात्मक योगदान दिएका छन् ।”
चीन र बेलायतको घरेलु अवस्था र विकासका विभिन्न पाटाहरु रहेको उल्लेख गर्दै दुई पक्षले रणनीतिक र दीर्घकालीन दृष्टिकोण लिनुपर्ने, एक अर्काको सम्मान गर्नुपर्ने, खुला र समावेशी मानसिकता राख्नुपर्ने, संवाद र सम्प्रेषणलाई बढावा दिनुपर्ने र पारस्परिक हितकारी सहयोग विस्तार गर्नुपर्ने राष्ट्रपति सीले बताउनुभयो ।
सीले चीन बेलायतसँग खुलस्त, खुला र समावेशी ढंगले वार्ता र सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । बेलायती पक्षले चीन र चीन–बेलायत सम्बन्धलाई वस्तुनिष्ठ र निष्पक्ष दृष्टिकोणले हेर्ने र द्विपक्षीय सम्बन्धको निरन्तर विकासलाई बढावा दिनेतर्फ चीनसँग सहकार्य गर्ने आशा उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच, जोन्सनले बेलायत र चीनको सम्बन्ध आफ्नो लागि, अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको राष्ट्रपति स्रोतले बताएको छ । बेलायत र चीनबीचको व्यापार ह्वात्तै बढ्दै गएको छ । बेलायतका चिनियाँ विद्यार्थी अन्य कुनै पनि युरोपेली मुलुकका विद्यार्थीभन्दा बढी छन् । जसले बेलायत निकै गौरवान्वीत रहेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्का दुई स्थायी सदस्य, बेलायत र चीनले धेरै विषयहरूमा साझा चासो बाँडेका छन् र धेरै कुरामा एक अर्कासँग काम गर्न सक्न प्रधानमन्त्रीे जोन्सनले बताउनुभयो ।
बेलायत चीनसँग इमानदार वार्ता गर्न, द्विपक्षीय आदान–प्रदान र सहयोगलाई सुदृढ पार्न, द्विपक्षीय आर्थिक तथा व्यापार सहयोग विस्तार गर्न र जलवायु परिवर्तन र जैविक विविधताजस्ता विश्वव्यापी विषय तथा क्षेत्रीय हट स्पटहरूमा सञ्चार तथा समन्वयलाई गहिरो बनाउन इच्छुक भएको पनि जोन्सनले बताउनुभएको छ ।
दुई नेताहरूले यूक्रेनको अवस्थाबारे पनि विचार आदानप्रदान गरेका बताइएको छ । उक्त अवसरमा चीनको सिद्धान्त र अडानको व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायले साँच्चिकै शान्ति वार्तालाई बढावा दिनुपर्छ, यूक्रेन मुद्दाको राजनीतिक समाधानका लागि परिस्थिति सिर्जना गर्नुपर्छ र यूक्रेनको प्रारम्भिक मितिमा शान्तिमा फर्कन जोड दिनुपर्छ भन्ने कुरामा सीले जोड दिनुभएको थियो । यस सन्दर्भमा चिनियाँ पक्ष रचनात्मक भूमिका निर्वाह गरिरहन तयार रहेको पनि उहाँले बताउनुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी