लण्डन । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् ।
शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष पल्ली र मिन राना, कोषाध्यक्षमा गोप सिन्जाली र सहकोषाध्यक्षमा पार्वती थापा चयन भएका छन् ।
यस्तै, एडमिन सेक्रेटरीमा रिखीराम राना, सहायक एडमिन सेक्रेटरीमा जमुना पुन राना, साँस्कृतिक सचिवमा गीता पाइजा, साँस्कृतिक सहसचिव शीला थापा, खेलकुद सचिवमा पञ्च पुन, खेलकुद सहसचिवमा रोहित राना छनोट भएका छन् ।
प्रोपर्टी सेक्रेटरीको जिम्मेवारी गुन थापाले पाएका छन् भने लेडिज प्रोपर्टी सचिवमा पार्वती काउछा छानिएका छन् ।
यस्तै, सदस्यहरुमा जमुना थापा, सुनिता भुजेल, नानु राना, विपना पुन (युवा), जसिमा पुन (युवा), विष्णु पुन, हरिबाबु थापा, सुमन श्रीश (युवा) छन् ।
शाखाकी निवर्तवान अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षतामा भएको अधिवेशनको संचालन निवर्तवान सचिव बिर बलालले गरेका थिए ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नु निर्वाचन समिति गठन गरिएको थियो । जसमा मगर संघ युकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा, सचिवमा मगर संघ युकेका सल्लाहकार ओम थापा काउचा र सदस्य सचिवमा शाखाका पूर्व अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेँगा रहेको निर्वाचन समिति बनाइएको थियो । मगर संघ युके केन्द्रको तर्फबाट उपाध्यक्ष छविमाया पुनले पर्यवेक्षकको जिम्मेवारी पाएकी थिइन् । उनले अधिवेशनलाई शुभकामना दिँदै निर्वाचन अति उत्साहजनक, पारदर्शी र स्वतन्त्र रूपमा सम्पन्न भएको बताउँदै नयाँ कार्यसमितिलाई तथा निर्वाचन समितिलाई बधाई एवम् धन्यबाद दिइन् ।
कार्यक्रममा शााखाका संस्थापक अध्यक्ष तथा हाल मगर संघ युकेका अध्यक्ष सुनिल राना प्रमुख अतिथि रहेका थिए । उनले युएचएसबी शाखाले हेमा राना मगरलाई अध्यक्ष बनाएर मगर सघं युकेभित्र मात्र नभएर बेलायतकै विभिन्न संस्थाहरुमा नमूना देखाएको बताए । महामारीको बेलामा शाखाले अत्यन्तै सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेको पनि उनले थपे ।
शाखाको नयाँ नेतृत्व चयनको जिम्मा पाएको निर्वाचन समितिका तर्फबाट सचिव ओम थापा काउचाले शाखाको निर्देशिकाको हरेक बुँदामा छलफल गराउँदै केही बुंदा सर्वसहमतिबाट संशोधन गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेका ट्रष्टीहरु गोमा राना, जगत थापा, राजन राना, सल्लाहकारहरु क्या.रि बिर गाहा मगर, टेक थापा लगायतको उपस्थिति थियो ।
अधिवेसनले सचिव बिर बलालले पेश गरेको संगठन प्रतिवेदन र कोषाध्यक्ष गणेश बुढाथोकीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष ऋषिराम रानाले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा राखेका थिए । उनले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्न सहयोग गर्ने शाखाका सदस्यहरु तथा निर्वाचन समितिलाई धन्यवाद दिएका थिए ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?