कीयभ । यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ ।
रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।
ट्वीटरमा यस विषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठहर्याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।”
“यूक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको छ । आक्रामण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठहर्याउन यूक्रेनले माग गरेको छ ।
मस्को र किभबीच चलिरहेको तनावबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग कुराकानी गर्दै रुस कूटनीतिक र आर्थिक रुपमा पृथक हुनुपर्ने बताउनुभएको थियो । यसअघि उहाँले जर्जियाका राष्ट्रपति सालोम जुराबिचविली र चेक गणतन्त्रका प्रधानमन्त्री पेटर फियालासँग वर्तमान अवस्थाबारे पनि कुराकानी गर्नुभएको थियो ।
जेलेन्स्कीले फोन वार्तालापमा युक्रेनलाई यूरोपेली संघमा सदस्यता प्रदान गर्ने आफ्नो व्यक्तिगत नेतृत्वको लागि पोल्याण्डका राष्ट्रपति आन्ड्रज डुडाप्रति आभार प्रकट गर्नुभएको छ ।
ट्वीटमार्फत् दिएको एक सन्देशमा जेलेन्स्कीले पोपको प्रार्थनाप्रति पनि आभार प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, “यूक्रेनी जनताले उहाँको पवित्रताको आध्यात्मिक समर्थन महसुस गर्छन् ।” यूक्रेनको विकट क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र पहिचानका रूपमा मान्यता दिएपछि रूसले बिहीबार बिहान सबेरै डोन्बास क्षेत्रमा विशेष सैन्य परिचालन सुरु गरेको थियोे । पश्चिमी देशहरूले रूसी सैनिक परिचालनको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट